Breaking News.... EverestOnlineKhabar
July 7, 2026

लाङटाङ र गोसाइँकुण्ड क्षेत्रलाई फोहोरमुक्त गर्न अभियान सुरु

Loading

रसुवा । पर्यटकीय क्षेत्र लाङटाङ र गोसाइँकुण्ड क्षेत्रलाई प्लाष्टिक तथा सिसाजन्य फोहोरमुक्त घोषणा गर्नका लागि अभियान सुरु भएको छ।

पर्यटकीय क्षेत्रमा फोहोरको मात्रा बढ्दै जाँदा पर्यटन व्यावसाय धरासायी हुने संभावना बढेसँगै लाङटाङ राष्ट्रिय निकुञ्ज र जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले संयुक्त रुपमा अभियान सुरु गरेका हुन्। निकुञ्जको ४२ औँ स्थापना दिवसको अवसरमा गरिएको प्रतिवद्धता अनुसार स्वच्छ र सफा लाङटाङ निर्माण गर्नका लागि अभियान सुरु गरिएको निकुञ्जले जनाएको छ।

अभियान अन्तर्गत निकुञ्जभित्र सञ्चालनमा रहेका होटल व्यवसायीसँग फोहोर व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरिरहेको छ। अभियानका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ।

निकुञ्ज क्षेत्रभित्र पर्ने होटल तथा पदमार्गमा भएका फोहोर व्यवस्थापन गर्ने र फोहोर हुन नदिनका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। पर्यटकीय क्षेत्रमा फोहोरको मात्रा बढ्दै जाँदा पर्यटन व्यवसायमा नकरात्मक असर गर्ने प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए।

सफा निकुञ्ज, सफा लाङटाङ र सफा गोसाइँकुण्ड निर्माण अभियानलाई सफल बनाउनका लागि होटल व्यावसायी, पर्यटन व्यवसायी र सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्ने योजना बनाइएको निकुञ्जले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.