Breaking News.... EverestOnlineKhabar
July 7, 2026

पञ्जाबमाथि बेङ्लोरको शानदार जित, प्लेअफको सम्भावना कायमै

Loading

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले  किंग्स इलाभेन पञ्जाबमाथि १० विकेटको जित हासिल गरेको छ ।  जितसंगै बेंग्लोरले अन्तिम चारमा पुग्ने झिनो सम्भावनालाई कायमै राखेको छ ।

होलकर क्रिकेट रंगशालामा भएको खेलमा बेंग्लोरले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले उत्कृष्ट सुरुवात गरेपनि खराब प्रदर्शन गरेको थियो ।

पञ्जाबले १५.१ ओभरमा सबै विकेटको क्षतिमा ८८ रन मात्रै बनाउन सक्यो । पञ्जाबका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ८८ रनको स्कोर जारी आईपीएलमा सबै भन्दा कम बनेको स्कोर हो ।

सुरुवात भने पञ्जाबले उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि क्रिस गेल र लोकेश राहुलले ३६ रनको पाटनरसिप गरेका थिए । राहुल २१ रनमा र गेल १८ रनमा आउट भएपछि पञ्जाबको विकेट पतन सुरु भएको थियो । एकपछि अर्को विकेट पटन भएको पञ्जाबका लागि आरोन फिन्चले सर्वाधिक २६ रन बनाउदा अक्षर पटेलले ९ रन बनाएभने अन्य खेलाडी सस्तैमा आउट हुन पुगे ।

पञ्जाबलाई सस्तैमा समेट्ने क्रममा बेंग्लोरका उमेर यादवले ३ विकेट लिए । झिनो ८९ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको बेंग्लोरले ८.१ ओभरमा विना विकेट लक्ष्य पुरा ग¥यो । बेंग्लोरका लागि कप्तान विराट कोहलीले अविजित ४८ र पार्थिव पटेलले ४० रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.