Breaking News.... EverestOnlineKhabar
July 7, 2026

गाजामा भएको हिंसाको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा

Loading

बीबीसी । इजरेली सेनाबाट गाजामा कम्तीमा ५५ जना प्यालेस्टिनीहरू मारिएको घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा भइरहेको छ।प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा ‘नरसंहार’को संज्ञा दिएका छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीमाथि इजरेली सशस्त्र फौजबाट गरिएको हिंसाको भर्त्सना गरेका छन् र दुई राज्यको मान्यताबाट समस्याको हल हुनेप्रतिको समर्थन दोहोर्‍याएका छन्।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले इजरेलमाथि राज्यबाट गरिने ‘आतङ्क र नरसंहार’को आरोप लगाएका छन्।

संयम

ब्रिटेनले आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरेलको अधिकार भएको बताएको छ। तर उसलाई उच्च संयम अपनाउन आग्रह गरेको छ। तर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले जेरूसलेममा अमेरिकी दूतावास खोलिएको विरोधमा गरिएको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले रक्षात्मक कदम चालेको बताएका छन्।

 

इजरेल

प्यालेस्टिनी अधिकारीहरूले सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हिंसामा इजरेली सेनाबाट कम्तीमा ५५ जना मारिएको र २,७०० जना घाइते भएको बताएका छन्। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो देशले नष्ट पार्न चाहेको गाजाको इस्लामवादी हमास शासकहरूविरूद्ध इजरेली सेना आत्मरक्षाको कदम चालेको बताएका छन्।

प्यालेस्टिनी नेताले घटनालाई ‘नरसंहार’ भन्दै त्यसको भर्त्सना गरेका छन्।

अविभाज्य

संयुक्त राष्ट्रसंघले ‘चरम मानव अधिकार उल्लंघन’ भएको प्रतिक्रिया दिएको छ। संयुक्त राज्य अमेरिकाले जेरुसलेममा विवादास्पद दूतावास खोलेपछि हिंसा शुरू भएको हो। तेल अभिभबाट आफ्नो दूतावास सार्ने अमेरिकी कदमबाट प्यालेस्टिनीहरू क्रुद्ध बनेका छन्।

अमेरिका

उनीहरू पूर्वी जेरुसलेमलाई भावी प्यालेस्टिनी राज्यको ‘अविभाज्य’ राजधानीका रूपमा हेर्दछन्। हमासले ‘फिर्तीका लागि महान् पदयात्रा’ भनेर व्याख्या गरेको ६ हप्ता लामो पदयात्राका क्रममा प्यालेस्टिनीहरूले  प्रदर्शन गरिरहेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.