![]()
काठमाडौ,जेठ ।
नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिदै छ । उहाँको पार्थीव शरिरलाई श्रदाञ्जली दिन बिहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशालामा राखिएको छ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
शाहको ५१ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० वटा अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।


