![]()
पाल्पा,जेठ ।
भिरबाट खसेको पहिरो सडकमा आएपछि अबरुद्ध बनेको सिद्धार्थ राजमार्गमा पहिरो हटाएपछि अहिले दुईतर्फी नै गाडी संचालन भएका छन् । सोमबार राति सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि अहिले दुईतर्फी नै गाडी चलिरहेका जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ को हेडबक्स भन्ने ठाउँमा माथिबाट पहिरो खसेपछि सोमबार दिनभरी नै यातायात सेवा अवरुद्ध भएको थियो । राति पहिरो हटाएपछि अहिले दुईतर्फी नै गाडी चलिरहेको हो ।
वर्षाका कारण धेरै ग्रामिण सडकमा भने गाडी चल्न सकेको छैन । भेलले बाटो बिगार्दा र पहिरो जाँदा गाडी चल्न नसकेको हो । झरी पर्दा धेरैजसो पहाडी जिल्लाका ग्रामिण क्षेत्रमा खनिएका सडकमा गाडी नै चल्दैनन । यस्तै, ओखलढुंगाका सदरमुकामबाट गाउँमा चल्ने गाडी रोकिएका छन् । कच्ची बाटोमा कतै पहिरोे त कतै हिलोको कारण यातायात अबरुद्ध भएको हो ।
ओखलढुंगा सदरमुकामबाट खिजीदेम्वा गाउँपालिकासम्म चल्ने दुई वटा सडक अबरुद्ध छन् । त्यस्तै ओखलढुंगा पात्ले सडक र ओखलढुंगा जन्तरखानी भुसिंगा सडकमा यातायात सञ्चान गर्न नसकिएको प्रहरीले जनाएको छ ।


