Breaking News.... EverestOnlineKhabar
July 8, 2026

भारतीय सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

Loading

काठमाडौ,जेठ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतीय सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार भएको टिप्पणी गरेको छ । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला आजादले ट्विटमार्फत उनले दिएको अभिव्यक्ति दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको ठहर गरेको हो।
आजादले नेपालको सम्बन्धमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको कांग्रेसले त्यसप्रति गम्भीर ध्यानाकृष्ट भएका उल्लेख छ।‘दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ ।’ विज्ञप्तिमा भनिएको छः‘भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ।’
त्यस्तै, कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदबाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सह्य हुन नसक्ने विषय भएके जनाएका छन्। आजादले जनकपुरलाई भारतमा मिलाउन मोदीसंग माग गर्दै ट्विट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.