![]()
एजेन्सी । गायक तथा नायक हिमेश रेशमिया विवाह बन्धनमा बाँधिएका छन्। अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका हुन्। मुम्बइ स्थित आफ्नै निवासमा हिमेश र सोनियाले लगनगाँठो कसेका हुन्।
सोनियाले टेलिभिजनमा ‘कैसा ऐ प्यार है’ , ‘रिमिक्स’, ‘यस बोस’ जस्ता सिरियलमा काम गरेकी छिन्। त्यस्तै हिमेशले बलिउडका लागि गीत कम्पोज गर्दै आएका छन्।
हिमेशको यो दोश्रो विवाह हो। समारोहमा हिमेशको पहिलो श्रीमती तर्फका छोरा स्वयम् सहभागि भएका थिए। नायिका सोनियाको तर्फबाट उनको आमा वुवा मात्र उपस्थित भएका थिए।


