![]()
एजेन्सी । हलिउड नायिका मेघन मर्केल र बेलायती राजकुमार ह्यारीको मे १९ मा भव्य विवाह हुँदैछ । तर मेघनको पितालाई आफ्नी छोरी र ह्यारीको हुन लागेको शाही विवाहबारे आएका समाचारहरु इन्टरनेट क्याफेमा पढिरहेको अवस्थामा भेटिएका छन् । विवाह हुन अब ७ दिनमात्र बाँकी छ ।
७३ वर्षे थोमस मरकेललाई मेक्सिकोमा रहेको आफ्नो गृह जिल्ला रोसारिटोमा रहेको साइबर क्याफेमा आफ्नी छोरी र बेलायती युवराजकोको विवाह र सम्बन्धबारेमा आएका लेखहरु पढिरहको देखिएको थियो । थोमस अबकाश प्राप्त टेलिभिजनमा प्रकाश निर्देशक हुन् । आफ्नो घरमा इन्टरनेट सम्पर्क नभएको कारण उनी नियमित इन्टरनेट क्याफे जाने गर्छन् ।

क्याफेमा उनले आफूले हालसम्म नभेटेको भावी ज्वाईबारेमा जानकारी पो हासिल गरिरहेका थिए कि यो बारेमा स्पष्ट भएको छैन । अथवा हुनसक्छ उनी क्रिश्चियनहरुको विवाह परम्परामा बाबुले छोरीको हात समाएर दुलाहसम्म पु¥याउने र दुलाहालाई हात थमाए पछि दिइने सानो मन्तव्यको लागि प्रेरणा खोजिरहेका थिए कि ?
थोमसले क्याफेमा शाही जोडीको बारेमा खोजमा २० मिनेट बिताएका थिए । उनले इन्टरनेटमा खोज गरेको सामाग्रीमा टाउन एण्ड कन्ट्री म्यागजिनमा छापिएको ‘राजकुमार ह्यारी र मेघन मरकेलको सबैभन्दा सुन्दर क्षणहरु’ पनि थियो ।
एक अलग घटनामा केहीअघि एक मानिसले सुट जस्तो देखिने सामाग्री बोकेर थोमसको घरमा पसेको देखिएको थियो । यसलाई विवाहको लागि थोमसको तयारीको रुपमा हेरिएको छ ।
अघिल्लो हप्तानै राजकुमार ह्यारीले आफ्नी भावी श्रीमतीको पितासँग हाल सम्म नभेटेको कुरा बाहिर आएको थियो । तर उनीहरुबीचमा फोनमा भने कुरा भइसकेको छ ।
विवाह समारोहमा मरकेलको अभिभावकलाई राजपरिवारका अन्य सदस्यहरुलाई पनि चिनाउने कार्यक्रम पनि छ ।


