Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अस्ट्रेलियाले टेस्ट र एक दिवसीय शृंखला रद्द गरेपछि बंगलादेश दुःखी

Loading

एजेन्सी । अस्ट्रेलियाले आर्थिक र प्राविधिक समस्या देखाउँदै टेस्ट र एक दिवसीय शृंखला रद्द गरेपछि बंगलादेशले निराशा व्यक्त गरेको छ। बंगलादेशले अगस्ट र सेप्टेम्बरमा अस्ट्रेलियामा २ टेस्ट र तीन एक दिवसीय शृंखला खेल्ने तालिका थियो ।

‘अस्ट्रेलियाले आर्थिक कारणले शृंखला आयोजना गर्न नसक्ने जनाएको छ,’ बंगलादेश क्रिकेट बोर्डका प्रमूख निजामुद्धिनले भने, ‘यो हाम्रो लागि निराशाजनक निर्णय हो । हामीले यो शृंखलाबाट खेलाडीको क्षमतामा थप सुधार आउने आशा गरेका थियौं।’

बंगलादेशले २००३ पछि टेस्ट तथा २००८ पछि एक दिवसीय शृंखलाका लागि अस्ट्रेलिया भ्रमण गरेको छैन ।

क्रिकेट अस्ट्रेलियाका प्रमूख जेम्स सथरल्यान्डले केही दिन अघि त्यही समयमा अस्ट्रेलियामा घरेलु फुटबल लिग सुरु हुने भएकाले खेल प्रशारण अनुमती पाउन कठिन हुने भन्दै शृंखला रद्द गर्न बाध्य भएको बताएका थिए।

बंगलादेशले गत वर्ष अस्ट्रेलियालाई दुई टेस्ट शृंखलाका लागि आतिथ्य गरेको थियो । उक्त शृंखला १–१ को बराबरीमा सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.