Breaking News.... EverestOnlineKhabar
July 7, 2026

यस्ता छन हाम्रा सांसद : आपराधिक गतिविधिमा थुनामा गए सांसद पद निलम्बन नहुने

Loading

काठमाडौं । कुनै सांसद आपराधिक गतिविधिमा पुर्पक्षका लागि थुनामा गए उनको पद निलम्बन नहुने भएको छ । तर, सेवा, सुविधा र अधिकार प्रयोग गर्न पाउने छैनन् ।

सांसद आपराधिक कार्य गरी पुर्पक्षका लागि थुनामा जाँदा निलम्बन गर्नुको सट्टा सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । गत वर्षसम्म अपराधिक कार्य गर्ने सांसदलाई निलम्बनको व्यवस्था थियो ।

तर, यो पटक कांग्रेस, फोरम र राजपाले विरोध गरे । तीन दलले त अन्तिम फैसला भएको हकमा पनि निलम्बन नहुने व्यवस्था गर्न प्रस्ताव गरेका थिए । तर, अन्तिम फैसला भएको हकमा निलम्बन गर्ने र पूर्वक्षका लागि थुनामा रहेकाहरुलाई सेवा, सुविधा र अधिकार प्रयोग गर्न नदिने सहमति जुटेको छ ।

नियमावली आइतबार बस्ने संसदको बैठकमा पेस हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.