![]()
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । प्रत्यासी मणि कुँवरलाई ५१ मतले हराउँदै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाले ६३ मत पाउँदा कुँवर १२ मतमा सीमित भए ।
केन्द्रिय कार्य समितिको सदस्यमा ११ जना निर्वाचित भएका छन् । मतपरिणाम अनुसार संघमा ५६ मत सहित दावा लामा, निरोज खड्की ५२, पूर्णमान चित्रकार ५५, रबिन्द्रनाथ श्रेष्ठ ४२, मधुसूदन उपाध्याय ४८, प्रदेशसिंह राठोर ४८ र दिनेश ब्यन्जनकार ५५ मतसहित निर्वाचित हुनु भएको छ ।
यस्तै दीर्घ बहादुर केसी ५५, किरण राई ५०, बिजय घले ५३ र रत्न कुमार श्रेष्ठ ४८ मत सहित निर्वाचित हुनु भएको छ । संघको सदस्यमा २९ जना प्रतिस्पर्धामा थिए । महिला सदस्यमा भने पेम्वा लामा पहिलेनै सर्वसहमत निर्वाचित हुनु भएको छ ।
ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार भएको मतदानमा ७७ मध्ये ७६ मत खसेको थियो । निर्वाचनमा कञ्चनपुरका प्रतिनिधि भने सहभागी भएनन् ।


