Breaking News.... EverestOnlineKhabar
July 7, 2026

करियरकै सर्वाधिक हिट बन्यो महेशबाबुको यो फिल्म….

Loading

एजेन्सी,बैशाख ।
दक्षिण भारतिय सुपरस्टार महेश बाबुको पछिल्लो रिलिज फिल्म‘भारत इने नेनु’ उनको करियरकै सर्वाधिक कमाउने फिल्म बनेको छ। पोलिटिकल ड्रामा फिल्मले २०० करोड पार लगाउने भइपछि यस्तो भएको हो। सो कमाइ गर्न खास गार्हो नपर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।
रिलिजको दोस्रो सातामा पनि फिल्म हेर्ने दर्शकहरू उल्लेख्य मात्रामा आइरहेका छन्। रिलिजको पहिलो साता विश्वव्यापीरूपमा १६१.२८ करोड कमाउन सफल फिल्मले रिलिजको १० दिनमा करिब १८१ करोड कमाइ गरिसकेको छ। फिल्मले भारतसँगै विदेशमा समेत सोचेभन्दा गतिलो व्यापार गरिरहेको छ।
फिल्मले अमेरीकी वक्सअफिसमा मात्रै ३.५ मिलियन अमेरीकी डलरको आँकडा छुन थालेको छ। यस्तो कमाइ गर्ने यो दोस्रो टलिउड फिल्म हो। फिल्ममा महेश बाबु मुख्यमन्त्रीको भूमिकामा देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.