![]()
चितवन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अब सीप, व्यवसायिक र प्राविधिक शिक्षालाई महत्वकासाथ अगाडि बढाइने बताउनु भएको छ ।
कृषी तथा वन विज्ञान विश्वविद्यालयको प्रथम दीक्षान्तर समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बिगतमा सामान्य शिक्षालाई मात्र जोड दिइएकोमा अब उत्पादनमुलक शिक्षालाई प्राथमिकता दिइने प्रष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले दुई वर्ष भित्र हरेक पालिकामा एउटा प्रविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरि सक्नुभएको छ । मैले १० बुँदे रोडम्यापमा सार्वजनिक गरि सकेको छु र कार्यान्वयनको क्रममा छ । अव हामिले विहानै उठेर सामाजिक सञ्जालहरुमा नैरास्य भाव राख्दै स्टाटसहरु लेखेर हाम्रो भूमिका पूरा हुने वाला छैन ।’
समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप उत्पादनशिल कार्यमा प्रयोग गर्न उहाँले सुझवसहित शुभकामना दिनुभयो । वैज्ञानिक ज्ञानको प्रयोग, नयाँ ज्ञान र प्रविधिको सिर्जना र समुदायका वैज्ञानिक एव प्रविधिकमूल्य र मान्यताको उपयोग गर्दै समृद्घ राष्ट्र निर्माणको अभियानमा सबै जुटनु पर्ने आजको आवश्यकता भएको उहाँले औंल्याउनुभयो ।
कृषी तथा वन विज्ञान विश्वविद्यालयले सबै प्रदेशहरुमा कृषिको आंगिक क्याम्पस संचालन गर्ने कार्य अघि बढाइसकेको जानकारी दिंदै मन्त्री पोखरेलले गुणस्तरीय शिक्षा दिन सक्नेगरि संचालन गर्न आवश्यक शिक्षक, कर्मचारीको दरबन्दी सिर्जना गरी त्यस अनुसारको आर्थिक व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा सिफारिस गरि सकेको जानकारी दिनुभयो ।
त्यसक्रममा उहाँले भन्नुभयो,‘आँगीक क्याम्पसका पूर्णकालीन शिक्षक अर्को कुनै नीजि क्याम्पसको सञ्चालक हुन पाउँदैन्न, साथै नीजि क्याम्पसले पनि विश्वविद्यालय वा स्वकृती नलिएको विश्वविद्यालयका स्थायी शिक्षकलाई काममा लगाउन पाउने छैनन ’
मन्त्री पोखरेलले १० वर्षभित्र मुलुकलाई जैविक कृषिमा आत्मनिर्भर बनाउने प्रयासस्वरुप काम भैरहेको पनि जानकारी दिनुभयो । उहाँले देशका अधिकांश युवायुवती विश्व विद्यालय तहको शिक्षाको पहुँचमा नभएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।


