Breaking News.... EverestOnlineKhabar
July 7, 2026

दुई कोरियाली राष्ट्रप्रमुखबीचको ऐतिहासिक शिखर वार्ता सुरु

Loading

एजेन्सी,बैशाख ।
उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच शिखर बैठक सुरु भएको छ। वार्ताका लागि दुई देशको सिमा क्षेत्र पानमुनजोममा दुबै देशका प्रमुखहरु उपस्थित भइसकेका छन्। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार स्थानीय समयअनुसार बिहान ठिक साढे ९ बजे उत्तर नेता किम पैदल नै सीमा पार गर्दै बैठक स्थल पुगेका छन्। उत्तरका नेता किमलाई स्वागत गर्न दक्षिण राष्ट्रपति मुन सीमाक्षेत्रमा नै पुगेका थिए।
सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम उत्तर कोरियाका पहिलो शाषक हुन्। पानमुनजोमको पिस हाउसमा स्थानीय समयअनुसार साढे १० बजे वार्ता सुरु हुनुअघि दुवै राष्ट्रप्रमुखलाई‘गार्ड अफ अनर’ दिइएको थियो।
भ्रमणमा संलग्न ९ सदस्यीय उत्तर कोरियाको प्रतिनिधिमण्डलमा उत्तर कोरियाका संवैधानिक राष्ट्रप्रमुख किम योङ नाम, नेता किमकी बहिनी तथा उत्तर कोरियाको सत्ताधारी वर्कर्स पार्टीकी नेता किम यो जोङ, विदेश मन्त्री री योङलगायत छन्। नाम र जोङ गत फेब्रुअरीमा दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिकको उद्घाटनमा उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलको प्रमुख सदस्यका रुपमा दक्षिण पुगेका थिए।
शिखर वार्ताको पहिलो सत्रको छलफलपछि दुवै नेताले संयुक्त रुपमा वृक्षारोपण गर्ने कार्यक्रम छ। त्यसपश्चात् दुवै नेताले छुट्टाछट्टै बिहानी खाना खाने बताइएको छ। ब्लु हाउसका अनुसार दुवै नेताबीच यसबीचमा संक्षीप्त तथा अनौपचारीक वार्ता पनि हुनेछ। सिओलका एक सरकारी अधिकारीका अनुसार दुवै नेताले बैठकको अन्त्यमा एक सम्झौतामा हस्ताक्षर गर्ने र आफ्नो भनाइसमेत राख्नेछन्।
ब्लु हाउसले दिएको जानकारी अनुसार साँझ साढे ६ बजे समुहिक भोजनको कार्यक्रम तय भएको छ। जसमा उत्तर कोरियाली नेता किमकी धर्मपत्नी सोल जू समेत सामेल हुने बताइएको छ। यसपश्चात् आजको शिखर वार्ता सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.