Breaking News.... EverestOnlineKhabar
July 7, 2026

सुर्खेतमा जेठ ४ देखि कर्णाली प्रिमियर लिग क्रिकेट, विजेतालाई ३ लाख

Loading

सुर्खेत।  सुर्खेतमा कर्णाली प्रिमियर लिग (केपीएल) राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।  कर्णालीको क्रिकेटलाई व्यवसायिक रुप दिन तथा खेलाडीको स्तर उकास्न बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा रुस्लान केपीएल–१, टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आगामी जेठ चार गतेदेखि १२ गतेसम्म वीरेन्द्रनगरको कालिङ्गचोकस्थित क्रिकेट मैदानमा हुने भएको छ । देशका चर्चित १० वटा राष्ट्रिय टीमहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले पदकसहित तीन लाख र उप–विजेताले एक लाख ५० हजार पुरस्कार प्राप्त गर्ने केपीएल आयोजकले जानकारी दिएको छ ।

नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी दर्शकले पनि प्रतिदिन एकहजार रुपैयाँ लक्की ड्रमार्फत प्राप्त गर्नेछन् । प्रतिखेलमा म्यान अफ त सिरिजीलाई दुईहजार पाँचसय र ट्रफी, उत्कृष्ट ब्याट्स म्यान र उत्कृष्ट बलरलाई जनही १०/१० हजा रुपैयाँ प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद २५ हजार रुपैयाँसहित पदक प्रदान गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा हालसम्म धनगढी क्रिकेट एकेडेमी, महाकालीको कन्चनपुर क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट एकेडेमीका टिम सहभागी हुने पक्का भएको छ ।

यस्तै प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टीम सहभागी हुने पनि आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.