Breaking News.... EverestOnlineKhabar
July 7, 2026

दाङमा अण्डकोषमा लात्तले हानेर ६४ बर्षीय पुरुषको हत्या

Loading

दाङ । दाङमा प्रहरीले ४० वर्षीया एक महिलालाई हत्या गरेको आशंकामा पक्राउ गरेको छ। दाङ  उपमहानगरपालिकाका ६४ वर्षीय रोबरबहादुर खत्रीको हत्या गरेको आशंकामा प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाएको छ ।

पक्राउ पछि प्रहरीसँगको बयानमा ती महिलाले आफूमाथि  बलात्कारको प्रयास भएकाले प्रतिरक्षा गर्दा खत्रीको मृत्यु भएको बताएकी छन्। ‘मलाई जबरजस्ती गर्न खोजेपछि मैले लात्ताले हिर्काउँदा अन्डकोषमा लागेर मृत्यु भएको हो,’ ती महिलालाई उदृत गर्दै प्रहरीले भने।

प्रहरीका अनुसार, ती महिलाको किराना पसलमा खत्री वैशाख ९ गते राति १ देखि डेढ बजेको बिचमा आएका थिए। उनले आफूलाई गुट्का चाहिएको भन्दै ती महिलालाई उठाएका थिए। गुट्का किनेपछि खत्रीले आफूलाई पानी प्यास लागेको बताए। त्यसपछी दुवै महिलाको कोठामा पुगे। त्यही क्रममा खत्रीले ती महिलामाथि जबरजस्ती बलात्कारको प्रयास गरेका थिए।

त्यसले आफूलाई पीडा भएपछि लात्ताले हान्दा संवेदनशील अंगमा लागेर खत्रीको घटनास्थलमै मृत्यु भएको भन्ने बयान ती महिलाले दिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.