Breaking News.... EverestOnlineKhabar
July 7, 2026

यी हुन नग्न भई रेष्टुरेन्टमा गोली हानी चार जनाको ज्यान लिने युवक

Loading

बीबीसी । अमेरिकाको टेनेसी राज्यस्थित नैसविले शहरको एक रेस्टुरेन्टमा गोली हानी चार जनाको हत्या गरेर फरार रहेका २९ बर्षिय ट्राभिस रिनकिङलाई प्रहरीले पक्राउ गरेको छ । उनी अमेरिकाको न्यासभिल शहरबाट पक्राउ परेका हुन् । उनको साथबाट बन्दुक पनि बरामद गरिएको छ।

अमेरिकाको टेनेसीमा उनले नग्न अवस्थामा रेस्टुरेन्टमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरी चार जनाको हत्या गरेका थिए । शहरको बाहिरी क्षेत्रमा रहेको वैफ्ले हाउसमा प्रवेश गरेका ती व्यक्तिले सेमि अटोमेटिक राइफलबाट गोली प्रहार गरेका थिए ।

एउटा पिकअप ट्रकमा रेस्टुरेन्ट बाहिर पुगेका उनले तत्काल गोली प्रहार गरी दुई जनाको हत्या गरेका थिए । त्यसपछि उनी रेस्टुरेन्टभित्र गएर गोली प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.