Breaking News.... EverestOnlineKhabar
June 28, 2026

आमिर खानको गजबको अभियान : गाउँलेहरुबीच एकता बढाउँदै अभाव हटाउँदै

Loading

एजेन्सी । बलिवुड अभिनेता आमिर खान अहिले आफ्ना साथी सत्यजीत भटकलसँग मिलेर महाराष्ट्रका गाउँमा खटिएका छन् । खडेरीको मारमा परेका महाराष्ट्रका गाउँमा पुगरे आमिरले अभियान चलाइरहेका छन् । सत्यमेव जयतेको चौथो सिजनका बारेमा आफूहरुले सोचिरहेको आमिरले बताएका छन् ।

उनले भनेका छन्, ‘सत्यजीत र मैले चौथो सिजनका बारेमा सोचिरहेका छौँ । छलफल भयो । हरेक कार्यक्रमपछि त्यसको प्रभाव देखिन्थ्यो । त्यो प्रभाव हाम्रा लागि सबै भन्दा ठूलो कुरा हो । अनि हामीले आफै गाउँमा गएर काम गर्ने सोच्यौँ । यसका लागि पानी र महाराष्ट्र हाम्रो चयनमा परेको हो ।’

सत्यमेव जयतेको टिमले तीन वर्षअघि महाराष्ट्रका खडेरीग्रस्त गाउँको अध्ययन गरेको आमिरले बताए । त्यसक्रममा आफूहरुले पानीको समस्या समाधानको उपाय खोज्ने प्रयास गरेको उनको भनाई छ । महाराष्ट्रका हिवारे बजार र रालेगण सिद्दि केही यस्ता गाउँ हुन्, जहाँ खडेरी परे पनि पानीको समस्या हुँदैन।

आमिरले यसका लागि सत्यमेव जयते वाटर कप प्रतियोगिता गरे । प्रतियोगितामा पूरै गाउँ सहभागी भयो । वर्षा सुरु हुनु पूर्व गाउँलेले श्रमदान गरेर वर्षाको पानी संकलन गर्न सकिने ठाउँ बनाए । यस्तो प्रतियोगिता पहिले गाउँका केही मानिसलाई तालिम दिइन्छ । उनीहरुले गाउँमा अभियानको नेतृत्व गर्छन् । राम्रो काम गर्ने तीन गाउँलाई सत्यमेव जयते वाटर कप र नगद पुरस्कार दिने गरिएको छ ।

सन् २०१६ मा सुरु गरिएको यो अभियानमा त्यो महाराष्ट्रका ११६ गाउँ सहभागी भएका छन् । आमिर यसलाई एक प्रयोग मान्छन् । यो अभियानको क्रममा ११६ मध्ये ४५ गाउँमा पानीको समस्या समाधान भएको छ । गएको वर्ष प्रतियोगितामा १००० गाउँ सहभागी भए । यो वर्ष प्रतियोगितामा महाराष्ट्रका ४००० गाउँ सहभागी भएका छन् ।

शहरका मानिस पनि यो अभियानमा सहभागी भएर एक दिनको श्रम दान गरुन् भन्ने आमिरको चाहना छ। उनले यसका लागि आउँदो मे १, श्रम दिवसको दिन यसका लागि औपचारिक आह्वान गर्दैछन् । यो अभियानका कारण गाउँमा एकता आएको उनले बताएका छन् । अहिले आमिर र उनको टिम महाराष्ट्रमा मात्रै सीमित रहेको छ । अरु राज्यमा पुग्न समय लाग्ने उनी बताउँछन् ।

पानीको महत्व बुझाउन लागेका आमिरको घरमा पनि पानी प्रयोग सम्बन्धी कडा नियम छ, जुन नियम उनका ६ वर्षका छोरा आजाद पनि पालन गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.