![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसंगको पार्टी एकताका लागि अझै एक/दुई महिना लाग्ने जनाउँदै तत्काल मिति तोकेर जान नहुने निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एकताका लागि प्रतिबद्ध रहने तर गृहकार्य गम्भीरतापूर्वक गरेर मात्रै एकतामा जाने निर्णय भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन ।
बैठकमा सैद्धान्तिक, राजनीतिक, सांगठनीक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढिरहेको अध्यक्षले बैठकमा जानकारी गराएका िथए ।
समानता, सम्मानजनक र न्यायोचित आधारमा पार्टी एकता सम्भव हुने अध्यक्ष दाहालले बताएका थिए । बैठकमा सहभागी नेताहरुले पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने अध्यक्षलाई सुझाव दिएका थिए ।


