Breaking News.... EverestOnlineKhabar
June 28, 2026

प्रदेश १ का मुख्यमन्त्री राई बने तीन बालबालिकाको अभिभावक

Loading

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।
मुख्यमन्त्रीइ राईले मोरङको पूर्वी दक्षिणको रतुवामाई नगरपालिका ६ कादुपाडाका रेंजीना खातुन, शुदर्सन मुर्मु र विनोद मुर्मको अभिभावकत्व ग्रहण गरेका हुन । राईले उनीहरुलाई स्थानीय सामुदायिक सरस्वती माविमा भर्ना गरिदिएका छन् । भर्ना भएका तीनै बालबालिका अल्पसंख्याक र सीमान्तकृत समु्दायमा पर्दछ्न ।

आर्थिकस्थिति न्यून रहेका ती परिवारका ५ वर्षीय खातुन, ६ वर्षीय सुर्दशन र ६ वर्षीय विनोद नर्सरीमा भर्ना भएका छन् । सरकारले १ वैशाख देखि १४ गतेसम्मका लागि विद्यार्थी अभियान सञ्चालन गरेपछि मुख्यमन्त्री राईले त्यसलाई सफल बनाउन आफूले पनि अभियान थालेका हुन ।

मुख्यमन्त्री राईले भर्ना भएका बिद्यार्थीको कक्षा १० सम्मको पठनपाठनको जिम्मा लिएका छन् । रतुवामाई नगरपालिकाले उनीहरुको लागि पाठ्यपुरुतक र पोशाकको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.