![]()
काठमाडौ,१४ बैशाख ।
स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिने सरकारको निर्णयप्रति असन्तुष्ट मधेस केन्द्रित दलले बिहीबार आन्तरिक छलफल गरिरहेका छन् । सरकारले आफूहरुसँग गरेको स्थानीय तहको संख्या बढाउने सहमति उल्लंघन गर्दै निर्णय फिर्ता लिने भएपछि मधेस केन्द्रित दलका शीर्ष नेताले बिहीबार यसबारेमा छलफल गर्ने भएका हुन् । सरकारले धोका दिएको ठहर गर्दै मधेस केन्द्रित दल असन्तुष्ट छन् ।
राष्ट्रिय जनता पार्टीका नेता केशव झाले स्थानीय तह बढाउँदा समय लाग्ने भएकाले २ चरणमा चुनाव गर्ने सहमति भएकोमा स्थानीय तहको संख्या नबढाउने निर्णय भएपछि दोश्रो चरणमा चुनाव गर्नुको औचित्य नै नरहने प्रतिक्रिया दिए । यसैबिच ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय चुनाव कात्तिकमा गर्नुपर्ने प्रस्ताव लग्ने भएको छ ।
नेता मनिस सुमनले कात्तिकसम्म पुनर्संरचना लगायतका सबै काम सकेर एकसाथ तीनै तहको चुनाव गर्ने प्रस्ताव राजपाको केन्द्रीय कार्यसमितिले पारित गर्ने दाबी गरे ।


