Breaking News.... EverestOnlineKhabar
May 1, 2026

युरोपेली नेताहरुद्वारा म्याक्रोंलाई समर्थन

Loading

फ्रान्सका जनताले अबको दुई हप्तापछि हुने दोस्रो चरणको राष्ट्रपति चुनावमा लड्ने दुई जना उम्मेदवार चयन गरेका छन्।
३९ वर्षीय मध्यपन्थी उम्मेदवार एम्यानुएल म्याक्रों र चरम दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनले दोस्रो चरणको चुनावमा प्रतिष्पर्धा गर्नेछन्।
पहिलो चरणको मतदानलाई फ्रान्समा ६ दशकदेखि शासन गरिरहेका परम्परागत मध्य दक्षिणपन्थी तथा मध्य वामपन्थी पार्टीहरुको पराजयका रुपमा हेरिएको छ।
एक जना बीबीसी संवाददाता भन्छन् दोस्रो चरणका लागि छानिएका उम्मेदवारको राजनीतिक विचारधारामा ठूलो अन्तर छ।
परिणाम
म्याक्रों अन्तराष्ट्रिय व्यापारको पक्षमा छन् र उनी युरोपेली संघप्रति निकै उत्साहि देखिन्छन्।
तर ल पेन विश्वव्यापीकरणको विरुद्धमा छिन् र उनी युरोपेली संघबाट अलग हुन फ्रान्सले जनमत संग्रह गर्नुपर्ने धारणा राख्छिन्।
३९ वर्षीय पूर्व ब्याङ्कर म्याक्रोंले यसअघि कहिल्यै चुनावमा प्रतिष्पर्धा गरेका थिएनन्।
उनले अन्यौल, चिन्ता र परिवर्तनको चाहना चुनावी अभियानका क्रममा महसुस गरेको र त्यही भएर मतदाताहरुले ३० वर्ष शासन गरेका दलहरुको साटो आफूलाई रोजेको बताए।
उनले अब आफ्नो काम देशलाई मेलमिलाप गराउने भएको भन्दै दोस्रो चरणको लागि बृहत समर्थन जुटाउने प्रयास गर्ने उल्लेख गरे।
उनकी निकट प्रतिद्वन्द्वी मारिन ल पेनले चुनावी परिणामलाई ऐतिहासिक भनेकी छन्।
उनले आफूलाई जनताको उम्मेदवार भन्दै अब फ्रान्सेली नागरिकलाई स्वतन्त्र बनाउनुपर्ने समय आएको धारणा राखिन्।
फ्रान्सका राष्ट्रपति फ्रास्वां ओलाँदले आफूले औपचारिक रुपमा समर्थन नगरेका म्याक्रोंलाई टेलिफोन गरि बधाई दिएका छन्।
उनका एक जना सहयोगीले आफूसँगै काम गरेका मन्त्री र चरम दक्षिणपन्थी उम्मेदवार मध्ये ओलाँदको समर्थन कसलाई हुनेछ भनेर अब अनुमान गर्न गाह्रो नभएको प्रतिक्रिया दिए।
समाजवादी उम्मेदवार बेन्वा आमोंले अर्का पराजित मध्य दक्षिणपन्थी उम्मेदवार फ्राँस्वा फियोसँग मिलेर म्याक्रोंलाई समर्थन गर्ने घोषणा गरेका छन्।
मध्ये प्यारीसमा दक्षिणपन्थी उम्मेदवार ल पेनको सफलताप्रति विरोध जनाउँदै भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो।
पश्चिमी शहर नान्टमा पनि प्रदर्शन भएको खबर छ।
समर्थन
युरोपेली नेताहरुले फ्रान्सको भावी राष्ट्रपतिमा म्याक्रोंलाई समर्थन गर्ने जनाएका छन्।
जर्मन चान्सलर एङ्गेला मर्कलका प्रवक्ताले म्याक्रोंलाई सफलताको शुभकामना दिंदै उनको युरोप समर्थित धारणाहरुको प्रशंसा गरिन्।
युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यङकर र युरोपेली संघको विदेश नीति प्रमुख फ्रेडेरिका मोगारिनीले पनि म्याक्रोंप्रति समर्थन जनाएका छन्।
चरम दक्षिणपन्थी उम्मेदवार ल पेनको समर्थनमा रुसी संसदको अन्तराष्ट्रिय समितिका अध्यक्ष उभिएका छन् जसले उनी परिवर्तनको एकमात्र आशा रहेको धारणा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed