Breaking News.... EverestOnlineKhabar
February 9, 2026

फ्रान्समा म्याक्रों र ल पेन बीच प्रतिस्पर्द्धा हुने

Loading

फ्रान्समा मतदान सकिएपछि गरिएका मत सर्वेक्षणहरुले मध्यपन्थी इम्यानुएल म्याक्रों पहिलो चरणको राष्ट्रपतीय चुनावमा अगाडि रहेको देखाएका छन्।
भूतपूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोंलाई पछाडि पार्दै न्याशनल फ्रन्टकी मारिन ल पेन दोश्रो स्थानमा आएकी छिन्।
अब ती दुईबीच आउँदो मे ७ तारिखका दिन दोश्रो चरणको मतदान हुनेछ।
‘एक्जीट पोल’ भनिने मत सर्वेक्षणहरुले म्याक्रोंले खसेको मतको २३ मत प्रतिशत मत पाएको देखाएका छन्।
उम्मेदवार
३९ वर्षीय पूर्व अर्थ मन्त्री म्याक्रोंलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो।
उनीहरुका अनुदारवादी प्रतिद्वन्द्वी फ्रास्वां फियोले चाहिँ पछिल्दा दुई दशकमा विभिन्न मन्त्रालय सम्हालेका थिए।
शुरुमा रिपब्लिकन फ्रास्वाँ फियो लोकप्रिय थिए, तर सार्वजनिक कोष दुरुपयोगको आरोप लागेपछि मत सर्वेक्षणहरुमा उनको लोकप्रियता खस्किएको थियो
मारिन ल पेन कट्टर दक्षिणपन्थी नेतृ हुन् र उनले आफु विजयी भएमा फ्रान्सको सीमा नियन्त्रण गर्ने बताएकी छिन्।
उनले फ्रान्समा युरोपेली मुद्रा युरो हटाउने वा युरोपेली संघबाट आफ्नो मुलुकलाई बाहिर निकाल्न जनमत संग्रह गराउन सकिने पनि बताएकी छिन्।
चुनावी प्रतिस्पर्द्धा
चुनावी प्रतिस्पर्द्धा जम्मा ११ जना उम्मेदवार उत्रिएका थिए।
सबै उम्मेदवारले युरोप, आप्रवासन, अर्थतन्त्र तथा फ्रान्सको पहिचानबारे नयाँ दृष्टिकोण पेश गरेका थिए।
अलोकप्रियताका कारण वर्तमान राष्ट्रपति फ्रास्वां ओलान्दले उम्मेदवारी दिएनन्।
एकजना इस्लामवादी लडाकुको आक्रमणबाट बिहीबार एक प्रहरी मारिएको पृष्ठभूमिमा चुनावलाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.