![]()
प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ। महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन्।
ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा सहभागी नभएर सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिएको हो।
‘संगठनको अनुशासन र प्रहरी नियम उलंघन गरेकामा तपाईँमाथि कारबाही किन हुनु नपर्ने हो लिखित स्पष्टिकरण पेश गर्न’ भन्दै प्रहरी प्रधान कार्यालयले शिलवाललाई लेखेको पत्रमा भनिएको छ।

