Breaking News.... EverestOnlineKhabar
April 29, 2026

रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै चौराहा धनगढी फाइनलमा

Loading

शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाइ ९२ रनको भारी अन्तरले पराजित गर्दै पारस खड्काको टिम चौराहा धनगढी डिपिएल क्रिकेटको फाइनलमा प्रबेश गरेको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सम्पन्न खेलमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको रुपन्देही १५ दशमलब २ ओभरमा ८० रनमै समेटिएपछि धनगढीले फाइनलमा स्थान बनाएको हो ।

रुपन्देहीका ब्याट्सम्यनहरु चल्न नसकेको खेलमा कृष्ण कार्की र राजेश पुलामी मगरले समान १४ तथा पुष्प थापाले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।

धनगढीकालागि शौरभ खनाल र ललित राजबंशीले समान ३–३ विकेट लिदा आरिफ शेखले २ तथा सुशान भारीले १ विकेट लिदै रुपन्देहीको इनिङ धरासायी पारे ।

खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो । धनगढीका लागि कप्तान पारस खड्काले प्रतियोगिताकै सर्वाधिक ६७ रन बनाए ।

४१ बल सामना गरेका पारसले ४ छक्का र ६ चौका प्रहार गरे । यसैगरी राजु रिजालले २५ रन तथा सौरभ खनालले २४ रनको योगदान दिए । बलिङ्गतर्फ रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच पारस खड्का घोषित भए ।

प्रतियोगिताको उपाधीका लागि शनिबार धनगढीले शरद भेषावकरको बिराटनगर किङ्ससँग खेल्ने छ । समुह चरणमा सुरुवाती ३ खेल हार्दै संकटमा परेको धनगढीले त्यसपछिका लगातार तीन खेल जित्दै फाइनल यात्रा तय गर्दा समुह चरणमा १ खेल मात्र हार्दै शीर्ष स्थानमा रहेको रुपन्देही भने पछिल्ला सबै तीन खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed