![]()
बीबीसी । म्यानमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट भएको छ । उक्त विस्फोटक पदार्थ पेट्रोल बम रहेको जनाइएको छ ।
बम बिष्फोट भएपनि कुनै क्षति नभएको जनाइएको छ । बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए।
आक्रमणकारीहरुको खोजी जारी रहेको र यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ । विदेशमन्त्री सुकी बिदेश भ्रमणमा रहेकाबेला आक्रमण भएको हो। बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही खुल्न सकेको छैन ।
पछिल्लो समयमा यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ।


