Breaking News.... EverestOnlineKhabar
May 4, 2026

पशुपतिनाथ क्षेत्रमा साधु सन्तलाई नशालु पदार्थको सेवनमा प्रतिबन्ध

Loading

काठमाडौं । हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरी दूव्र्यसनीमा युवाहरुलाई फस्न नदिन पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्द गराइएको जानकारी गराएको हो ।

सरकारले प्रतिवन्ध लगाएका सबै खालका नशालु पदार्थ पशुपति क्षेत्रमा सेवन गर्न तथा विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको कोषले स्पष्ट पारेको छ । कोषले महाशिवरात्रीको मुखैमा पशुपति क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न पनि सबैमा आह्वान गरेको छ ।
कोषले साधुसन्तलाई पनि पशुपति क्षेत्र भित्र गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।

पशुपति क्षेत्रमा महाशिवरात्रीमा खुलेआम गाँजा, भाङ लगायतका नशालु पदार्थ सेवन गर्ने गरिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed