Breaking News.... EverestOnlineKhabar
May 4, 2026

निर्वाचनबाटै भएपनि जितेर मुख्यमन्त्री हुन्छु : राई

Loading

विराटनगर । नेकपा एमालेका युवा नेता एवम पूर्व संचार मन्त्री शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा सहमति नभए निर्वाचन लडेरै भएपनि आफू बिजयी हुने दाबी गर्नुभएको छ ।

बिराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता राईले भन्नुभयो, “दलको नेतामा सहमति बन्न नसके संसदीय दलको बैठक अन्तर्गत निर्वाचनबाट भएपनि आफू नेता चयन गर्न तयार रहेको छु ।”

मुख्यमन्त्रीको अर्का दाबेदार भीम आचार्यले काठमाडौंमा शनिबार आफ्नो दाबेदारी प्रस्तुत गरे लगत्तै राईले भन्नुभयो, “एक नम्बर प्रदेशको मुख्यमन्त्रीको चयनका लागि पहिलो अवसर स्थायी कमिटि बैठकलाई जानेछ। तर त्यहाँ बाट निकास नआए हामी निर्वाचनमा जानेछौँ ।”

उहाँले प्रदेश नम्बर एकमा सहमतिमा सरकार बन्ने समेत दाबी गर्नुभयो । माओवादी केन्द मात्र नभएर अन्य दलसंग गठबन्धन गरी प्रादेशिक सरकार निर्माण हुने धारणा उहाँले राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed