Breaking News.... EverestOnlineKhabar
May 4, 2026

Loading

एजेन्सी । अन्ततः वेष्ट इन्डिजका खेलाडी क्रिस गेललाई यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल)मा देख्न पाइने भएको छ ।
कुनैपनि क्लबले किन्न रुची नदेखाएपछि गेल यसपटकको आइपीएलको संस्करणमा छुट्ने हुन कि भन्ने शंका थियो । अन्ततः उनलाई अक्सनको अन्तिम दिन किंग्स इलेभेन पञ्जाबले आवद्ध गरेको छ ।

गेलले राखेको आधारभूत मूल्य २ करोड तिरेर पञ्जाबले उनलाई टिममा आवद्ध गरेको हो ।

शनिबार र आइतबार दुबै लिलामीमा उनलाई आईपीएलका कुनै पनि टिमले किनेको थिएन । सुरुमा कोलकत्ता नाइट राइडर्सबाट आईपीएल खेलेका उनले पछिल्लो ६ वर्ष रोयल च्यालेन्जर्स बैङ्ग्लोरबाट खेले ।

तर, यो सिजन बैङ्ग्लोरले गेललाई किनेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed