Breaking News.... EverestOnlineKhabar
May 3, 2026

वान डे वर्ल्ड कप क्रिकेटको क्वालिफायरको खेल तालिका सार्वजनिक, डिभिजन टू को शीर्ष दुईमा रहे नेपालले खेल्न पाउने

Loading

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्ड कप क्रिकेटको क्वालिफायरको खेल तालिका सार्वजनिक गरेको छ। आगामी मार्चमा जिम्वावेमा हुने उक्त क्वालिफायरमा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष इंगल्याण्डमा हुने वर्ल्ड कप खेल्न पाउनेछ।

आइसीसीको वान र्डे याङकिङको नवौँ देखि १२औँ स्थान सम्म रहेको चार टिम, आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पिनयसिपको शीर्ष चार टिम तथा आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को शीर्ष दुई टिमले जिम्वावेमा मार्च ४ देखि २५ सम्म हुने क्वालिफायरमा खेल्नेछ।
क्वालिफायर खेल्ने दश मध्ये ८ टिमको छिनोफानो भइसकेको छ भने बाँकी दुई टिमको तय फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टू बाट हुनेछ ।

आइसीसीले सहभागि दश टिमलाई दुई समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार समूह ए मा वेष्टइन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्युगिनी, डिभिजन टू को विजेता रहनेछ। यस्तै समूह बी मा अफगानिस्तान, जिम्वावे, स्कटल्याण्ड, हङकङ र डिभिजन टू को उपविजेता रहनेछन्।

प्रतियोगिता हुनुअघि फेब्रुअरी २७ र मार्च १ मा वार्म अप म्याच हुनेछ ।

वर्ल्ड कप क्वालिफायर अघि अफ्रिकन राष्ट्र नामिवियामा ६ टिम सम्मिलितथ डिभिजन टू हुनेछ। जसमा आयोजक नामिवियासँगै नेपाल, केन्या, युएई, क्यानडा र ओमनले प्रतिस्पर्धा गर्नेछन्। यसको शीर्ष दुई स्थानमा रहने टिमले वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed