Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बंगलादेश र म्यानमारबीच रोहिंग्या शरणार्थी फिर्ताको समय तालिकामा सहमति

Loading

बिबिसि । बंगलादेश र म्यानमारले रोहिंज्या मुस्लिम शरणार्थीको फिर्तीबारेको समयतालिकामा सहमति भएको बताएका छन् । सहमति अनुसार म्यानमारले हरेक हप्ता १५ सय जना रोहिंज्या शरणार्थीलाई फिर्ता लग्ने बांग्लादेशले जनाएको छ । दुई बर्ष भित्रमा शरणार्थीहरू फिर्ता भइसक्ने दुवै देशले आशा गरेका छन् । बांग्लादेशको सीमाक्षेत्रमा बनाइएका अस्थायी शिविरहरूमा साढे ६ लाखभन्दा बढी रोहिंज्या मुस्लिम शरणार्थी बस्दै आएका छन् ।

म्यानमारको सेनाले कारबाही थालेपछि उनीहरू गत वर्ष भागेर उनीहरू बांग्लादेश पुगेका थिए । गत हप्ता सेनाले रखाइन प्रान्तमा विद्रोहीविरुद्ध गरिएको कारबाहीका क्रममा रोहिंज्या मुस्लिमको गैरकानूनी रुपमा ज्यान लिने काम गरेको भनी स्वीकार गरेको थियो।

केही मानव अधिकार समूहले म्यानमारको सेनाले मानवताविरुद्धको अपराध गरेको बताउँदै आएका छन् । यसअघि गत डिसेम्बरमा संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुखले म्यानमारको सरकारी फौजले रोहिंज्या मुस्लिमविरुद्ध नरसंहारको कदम चालेको भन्ने अस्वीकार गर्न नसकिने बताएका थिए ।

म्यानमारको सेनाले रोहिंज्याहरूको ज्यान लिएको भनी स्वीकार गरेको त्यो पहिलो पटक चाहिँ थिएन । गत अगष्टमा सुरक्षा फौजलाई बर्बर प्रतिरोधका निम्ति उक्साएको भनिएको रोहिंज्या लडाकुहरूको आक्रमण लगत्तै सैनिक कमाण्डरहरूले ३ सय ७१ जनालाई मारिदिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed