Breaking News.... EverestOnlineKhabar
May 3, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन–‘मलाई गलत ढंगले प्रस्तुत गरियो ’

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई ‘पूर्ण रूपमा गलत ढङ्गले प्रस्तुत गरिएको’ बताएका छन् ।

गत हप्ता ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । उनले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका छन्।

कम उमेरका गैरकानूनी आप्रवासीलाई रोक्नका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा आफूमाथि लगाइएको आरोपले बाधा र्पुयाइरहेको उनले बताए ।

आप्रवासन सुधारसम्बन्धी एउटा बैठकमा राष्ट्रपतिले “आपत्तिजनक र जातिवादी“ टिप्पणी गरेको भन्ने डेमोक्र्या्टिक सिनेटर डिक डर्बिनले गरेको दावीबारे ट्रम्पले पछिल्लो जवाफ दिएका हुन् ।

ट्रम्पको अभिव्यक्तिले विश्वव्यापी आक्रोश निम्त्याएको छ र उनले माफी माग्नुपर्ने माग उठिरहेको छ । गत बिहीवार आप्रवासन सम्झौतासम्बन्धी एउटा प्रस्तावमाथि राष्ट्रपति कार्यालयमा छलफल गरेर रिपब्लिकन र डेमोक्र्या्टिक सांसदहरू फर्केपछि उक्त विवाद शुरू भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed