![]()
काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक बोलाउनु भएको छ ।
पार्टी भित्र नेताहरुले केन्द्रीय समिति बैठक बोलाउन तीब्र दबाब दिएपछि सभापति देउवाले बिहीबार बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।
चुनावपछि सभापति देउवाले पहिलो पटक केन्द्रीय कार्यसमितिको वैठक बोलाउनु भएको हो । प्रवक्ता बिश्वप्रकाश शर्माका अनुसार बैठक राष्ट्रियसभा निर्वाचनको तयारी र चुनावको समीक्षामा केन्द्रीत हुनेछ ।
पार्टी भित्र केही नेताहरुले चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति वैठक, महासमिति वैठक र महाधिवेशन बोलाउन माग गरिरहेका थिए ।


