Breaking News.... EverestOnlineKhabar
May 3, 2026

आमाबाबुले बन्धक बनाएका १३ जनाको उद्दार, खान पनि नदिने बाउआमा पक्राउ

Loading

बिबिसि । क्यार्लिफोनियाका प्रहरीले सार्न बर्ना्डिनो नजिकै रहेको आफ्नो घरको ओछ्यानमा सिक्रीले बाँधेर राखिएका २ देखि २९ वर्षका एकै परिवारका सन्तानको परिचय सार्वजनिक गरेका छन्।

उनीहरूका आमाबुबालाई पक्राउ गरिएको छ । बाउआमाले बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ ।
भाग्न सफल एक किशोरीले आपतकालीन सेवामा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदीबहिनीलाई बन्धक बनाइएको जानकारी दिएकी थिइन् । प्रहरीको कार्यालयले कैयौँ पीडितलाई ओछ्यानमै हत्कडी लगाएर राखिएको र दुर्गन्ध आउने ठाउँमा थुनिएको जनाएको छ ।
पेरिस नगरको मुइर वुड्स रोडसँगैको एउटा घरभित्रको त्रासदीपूर्ण अवस्थाबारे त्यहाँबाट मोबाइल फोनसहित भागेर प्रहरीलाई फोन गर्न सफल भएकी एक १७ वर्षीया किशोरीले रहस्य खोलेकी हुन । उनले आफ्ना १२ जना दाजुभाइ तथा दिदीबहिनीलाई अभिभावकले बन्धक बनाएको दावी गरेकी थिइन् ।

त्यो घरमा पुग्दा प्रहरीले १२ जना बालबालिका फेला परेका थिए । उनीहरू त्यसबेला छक्क परे जब फेला परेकामध्ये सात जना १८ देखि २९ वर्षका वयस्क रहेको जानकारी पाए । उनीहरू फोहोर र कुपोषणबाट ग्रस्त जस्तो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हातमा हत्कडी लगाएर अँध्यारो र दुर्ग्न्धित ठाउँमा उनीहरूलाई कोठामा ताला लगाएर राखिएको थियो ।

अनुसन्धानकर्ताहरूले भनेका छन, ५७ वर्षीय डेविड टर्पिन र ४९ वर्षीया लुविस टर्पिनले आफ्ना छोराछोरीलाई त्यसरी बन्धक राख्नुको कारण खुलाउन सकेका छैनन् । उनीहरूलाई पक्राउ गरिएको छ र यातना अनि बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed