Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ब्राजिलियन स्ट्राइकर नेयमार तेस्रो पटक ‘उत्कृष्ट’ बन्न सफल

Loading

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमार युरोपमा खेल्ने ब्राजिलको उत्कृष्ट फुटबलर चुनिएका छन् । नेयमार लिभरपुलका फिलिप कौटिन्होलाई पछि पार्दै तेस्रो पटक ब्राजिलको उत्कृष्ट खेलाडी बनेका हुन् ।

विश्वका सर्वाधिक महँगा खेलाडी नेयमार ब्राजिलका पूर्वखेलाडी, पत्रकार र समर्थकको भोटका आधारमा यो वर्ष उत्कृष्ट खेलाडी बनेका हुन । भोटिङमा नेयमारले कुल मतमध्ये २७.७१ प्रतिशत मत पाएका थिए । दोस्रो स्थानमा रहेका कौटिन्होले १६.६४ प्रतिशत मत पाए ।

नेयमार यसअघि सन् २०१४ र २०१५ मा ब्राजिलको उत्कृष्ट खेलाडी बनेका थिए । नेयमार बार्सिलोनाबाट यो सिजन कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्डमा पिएसजी आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed