Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एमाले–माओवादी एकीकरणमा ‘प्रधानमन्त्री र अध्यक्ष’ मा बार्गेनिङ

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी अध्यक्ष र प्रधानमन्त्री पदको टुङ्गो लागेपछिमात्र पार्टी एकता प्रक्रिया अघि बढने भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको वान टु वान वार्तामै यो बिषयको कुरो नमिलेपछि पार्टी एकता संयोजन समितिको बैठक समेत बस्न सकेको छैन ।

माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतका अनुसार माओवादीले एमालेलाई दुइ मध्ये एक पद रोज्न आग्रह गरेको छ । एमालेले छोडेको पद आफूहरु लिन तयार रहेको उनले स्पष्ट पारे ।

दुई पार्टीबीच एकीकरणका लागि सैद्धान्तिक धरातल पनि स्पष्ट हुँदै गएको नेता बस्नेतले बताए । जबज र माओवादका बिषयमा बिस्तारै स्पष्ट हुँदै जान्छ, हाल यो बिषयमा खासै समस्या नभएको उनले बताए ।

नेकपा एमालेका नेताहरुले भने प्रधानमन्त्री, पार्टी अध्यक्ष, संसदीय दलका नेता र राष्ट्रपतिमा पनि आफनै दाबी गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed