![]()
एजेन्सी । न्युजिल्यान्डका क्रिकेटर कोलीन मुनरोले टि–ट्वान्टी क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । वेष्ट इन्डिजविरुद्ध तेस्रो टि –ट्वान्टी क्रिकेटमा शतक बनाउँदै मुनरोले टि – ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन शतक बनाउने खेलाडीको किर्तिमान बनाएका हुन् ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि शतकीय पारी खेलेका मुनरोले १०४ रन बनाए । मुनरोले ५३ बलमा ३ चौका र १० छक्का प्रहार गर्दै शतक बनाएका हुन ।
मुनरोले यसअघि बंगलादेश र भारतविरुद्धको टि – ट्वान्टीमा शतक बनाएका थिए । मुनरोले गत बर्षको जनवरीमा बंगलादेश विरुद्ध १०१ रन बनाएका थिए । त्यस्तै, गत नोभेम्वरमा भारतविरुद्ध १०९ रन बनाएका थिए । योसँगै मुनरो टि–ट्वान्टीमा लगातार तीन राष्ट्र बिरुद्ध शतक बनाउने पहिलो खेलाडी बनेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जनाएको छ ।


