Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सरकारले तोकेको अस्थायी मुकामको बिरोध बढ्यो, डोटी र धनकुटा अनिश्तिकालका लागि बन्द

Loading

डोटी । सरकारले सातवटै प्रदेशका अस्थायी सदरमुकाम तोकेपछि बिभिन्न क्षेत्रमा त्यसप्रति असन्तुष्टि बढेको छ । प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै अनिश्चितकालीन डोटी बन्दको आव्हान गरिएको छ ।

बन्दको कारण दिपायल, पिपल्ला र सिलगढी बजार पूर्ण रुपमा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ । एकसाता अघिदेखि दिपायललाई प्रदेश राजधानी बनाउनु पर्ने माग गर्दै डोटीबासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

उता, प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै आन्दोलित त्यहाँका बासिन्दाले पनि धनकुटा अनिश्चितकालका लागि बन्द गरेका छन । आफूहरुको माग बिपरित प्रदेश १ को मुकाम बिराटनगर तोकेपछि उनीहरु आक्रोशित भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed