Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ट्रम्पको ट्विटपछि पाकिस्तान तनावमा, सुरक्षा समितिको बैठक आह्वान

Loading

बिबिसि । आतंकवादको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विट आएपछि पाकिस्तान सरकार चिन्तित देखिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शाहिद खान अब्बासीले ट्रम्पको आरोपको जवाब दिन मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समिति दुबैको बैठक बोलाएका छन् । पाकिस्तानले अमेरिकालाई मूर्ख बनाइरहेको उनको भनाइ छ ।

आतंकवादलाई नियन्त्रण गर्न अमेरिकाले सहयोग दिएकोमा पाकिस्तानले धोका र छल गरेको आरोप लगाएका थिए । पाकिस्तानले आतंकवादीलाई गर्ने कारबाहीमा ऊसँगको सम्बन्ध कायम हुने उनको चेतावनी थियो ।

बैठकमा राष्ट्रिय सुरक्षाका बारेमा चर्चा हुने अनुमान गरिएको छ । बैठकमा विदेशमन्त्री ख्वाजा आसिफ, गृहमन्त्री अहसान इकबाल, रक्षामन्त्री खुर्म दस्तगीर खान लगायत वरिष्ठ सैन्य अधिकारी सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.