![]()
बिबिसि । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको वैधानिकताबारे देखिएको विवाद अन्त्य गरेको छ । सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र डम्बर शाहीको संयुक्त इजलासले २०६८ साल वैशाख १६ गते सर्वोच्चले गरेको फैसलालाई कायमै राख्दै रुक्मशम्शेर राणाका पक्षमा फैसला गरेको हो ।
गत २०६८ सालमा सर्वोच्चले अदालतको फुल बेन्चले गरेको निर्णयलाई चुनौती दिँदै अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले केही महिना पहिले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रीटमा श्रेष्ठले आफू अध्यक्ष रहेको ओलम्पिक कमिटी वैधानिक भएको जिकीर गर्दै मुद्दा दायर गरेका थिए ।
न्यायाधीशद्वय जोशी र शाहीको संयुक्त इजलासले उक्त रिटलाई मंगलबार खारेज गरेको हो । नेपाल ओलम्पिक कमिटीको सम्पूर्ण सम्पत्तिको भोगचलन गर्ने अधिकार पनि राणा ओलम्पिक कमिटीलाई प्रदान गरेको छ


