Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बाँदर आतंक रोक्न सरकारको नाममा सर्वोच्चको आदेश

Loading

काठमाडौ,२५ चैत ।
पशुपतिमा बाँदरबाट हुने आतंक रोक्न भन्दै सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता तथा नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य मधुर पाठकले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले पशुपति क्षेत्रमा बाँदर आतंकबाट भक्तजनमा परेको असर रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता पाठकले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, र कोष सञ्चालक समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
सर्वोच्चको उक्त आदेशप्रति अब सरकार र पशुपति विकास कोषले पशुपति क्षेत्रमा बाँदरले गर्ने दुव्र्यवहारको नियन्त्रण गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed