![]()
काश्की । जीवनको आधा भन्दा बढी समय कम्युनिष्ट राजनीतिमा बिताएका पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेपालमा स्थायी रुपमा कम्युनिष्टको औचित्य नै नरहेको बताएका छन ।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेता भट्टराईले एमाले र माओवादीले बनाएको कम्युनिष्ट केन्द्रको पनि औचित्य नरहेको धारणा राखे । एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको तर, उनीहरुले नमानेपछि गठबन्धनबाटै बाहिरिएको उनले बताए ।
नेता भट्टराई माक्र्सवाद छोडेर नयाँ शक्ति गठन गरेपछि पुनः केही दिन बामगठवन्धनमा आबद्ध भएका थिए । गोरखा–२ सहित नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको भन्ने आरोप असत्य रहेको उनले बताए ।
भट्टराईलाई गोर्खा २ छाड्न माओवादीले नमानेपछि उनी हाल कांग्रेससंग नजिकिएका छन ।


