Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । प्रहरी महानिरीक्षकलाई नै बिपक्षी बनाई सर्वोच्च अदालतमा रीट दायर भएपछि बालकृष्ण ढुंगेल पक्राउ परेका हुन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी प्रहरीले मानहानी गरेको भन्दै मुद्दा दिएका थिए ।
ढुंगेलमाथि सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको यतिका बर्ष बितिसक्दा पनि प्रहरीको सूचीमा ढुंगेल फरार थिए । वास्तवमा ढुंगेल फरार थिएनन, उनलाई यथेष्ट राजनीतिक संरक्षण थियो र प्रहरी निरीह थिए । आफनै कुर्सी डगमगाउन थालेपछि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ढुंगेललाइ पक्रन तदारुकता देखाएका हुन । नत्र, कहिले कपन र कहिले सातदोबाटोमा बस्दै आएका ढुंगेललाई नदेख्ने प्रहरी कस्तो प्रहरी !

माओवादी नेता बालकृष्ण ढुंगेललाई सातदोवाटोबाट पक्राउ गरेलगत्तै प्रहरीले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत लगेको थियो । अदालत परिसरमा कडा सुरक्षा थियो । संचारकर्मी प्रशस्त थिए । अदालती प्रक्रिया सकेर उनलाई बाहिर निकाल्दै गर्दा मात्र मिडियाको क्यामारामा परे, ढुंगेल ।

अदालतको ढोकाबाट निस्कदै गर्दा ढुंगेलले सबैलाई हात हल्लाए, मानौ उनी ठूला सफलता प्राप्त गरेर खुशी बाँडिरहेका छन ।
अदालती प्रक्रियापछि ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।

ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed