Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ट्युसन पढाउने बहानामा छात्रामाथि यौनशोषण……?

Loading

महोत्तरी,२३ चैत ।
महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने बहानामा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अंग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका–३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जनाएका छन् ।
शिक्षक साहले यसै वर्ष एसइई दिएर बसिरहेकी एक १६ वर्षीया छात्रालाई मंगलबार थप अध्ययन तयारी गराउने बहानामा गौशालाबजारस्थित आफ्नो डेरामा बोलाएर कोठाको झ्याल–ढोका बन्द गरी अनैतिक क्रियाकलाप गरिरहेको एक विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
छात्रालाई शिक्षकले यौनशोषण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गरेको कोठा खोल्न लगाइ सो छात्रालाई उद्धार गरेको थियो । छात्राको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए ।
पीडित छात्रालाई यसअघि पनि शिक्षक साहले पटक–पटक एक्लै बोलाएर ट्युसन पढाउने बहानामा यौनशोषण गरेको स्थानीयवासी बताउँछन् । बुधबार पीडित छात्राको परिवारजनबाट शिक्षक साहविरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा उजुरी पनि परेको छ । प्रहरीले शिक्षक साहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed