![]()
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले भारतीय प्रहरीको नियन्त्रणमा रहेका सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई नियन्त्रण मुक्त गर्न पहल थालेका छन । उनले सोमबार बिहान सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई टेलिफोन गरी भारतीय अधिकारीहरुसँग समन्वय गरी यादवद्वयलाई यथाशिघ्र नियन्त्रण मुक्त गर्न निर्देशन दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारीको स्तरबाट रिहाई नभए सरकारले कुटनीतिक पहल सुरु गर्ने गृहमन्त्री शर्माले बताए । भारतीय प्रहरीले देवनारायण र उनको छोरा अजयलाई दुई दिनदेखि नियन्त्रणमा लिएर राखेको छ । देवनारायणको छोरा अजयले भारतीय युवतीसँग बिहे गरेको तर, भारतीय पक्षले युवतीलाई अपहरण गरेको भन्दै उजुरी गरेपछि भारतीयले उनीहरुलाई पक्रेको बताइएको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।

गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको यादवले डटेर प्रतिकार गरेका थिए ।


