Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्पेनमा राजनीतिक संकट : केटलोनिआ स्वतन्त्र राज्य घोषणा

Loading

बिबिसि । गम्भीर राजनीतिक तनावकाबीच स्पेनमा केटलोनिआ राज्यलाई स्वतन्त्र राज्य घोषणा गरिएको छ । केटलोनियाका नेता कार्ल्स पिगडेमन्टले टेलिभिजनको प्रत्यक्ष प्रसारणमा आइतवार भएको जनमत संग्रहमा खसेको कुल मतको ९० प्रतिशतले स्वतन्त्रताकफ पक्षमा मतदान गरेको घोषणा गर्दै केटलोनिआ स्पेनबाट अलग भएको घोषणा गरेका हुन ।

जनमत संग्रहलाई स्पेनको संबैधानिक अदालतले भने अबैध भनेको छ । जनमत संग्रहलाई रोक्न स्पेन सरकारले राष्ट्रिय प्रहरी र अर्ध सैनिक दस्ता परिचालन गरेको थियो । विभिन्न स्थानमा भएको झडपमा करिव ८ सय घाइते भएको स्पेनको गृह मन्त्रीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रिय प्रहरीले गरेको व्यापक दमन र अवरोधका बाबजुध पनि ४२.३ प्रतिशत मत खसेको बताइएको छ । प्रदेश राजधानी बार्सिलोनामा स्वतन्त्रताका पक्षधरहरुको ठूलो संख्या जम्ममा भएको र केटलोनिआको राष्ट्रिय धुन बजाएको बताइएको छ । बार्सिलोना र अरु सहरहरुमा पनि स्वतन्त्रता विरोधीहरुले प्रदर्र्शन गरिरहेका छन ।

स्पेनको सबैभन्दा धनी र उत्पादनशील मध्येको एक प्रदेश केटलोनिआको यस राजनीतिक विकासक्रमको भविश्य अनिश्चित छ भने स्पेन ठूलो राजनीतिक संकटमा फसेको छ । प्रदेशका ट्रेड यूनियनहरुले स्पेन सरकारले अधिकार हनन् गरेको भन्दै अनिश्चतकालिन आम हड्ताल आयोजना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed