Breaking News.... EverestOnlineKhabar
March 13, 2026

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने बन अधिकृतसहित दुईजना पक्राउ

Loading

रौतहट,२३ चैत ।
ब्यक्तिको नाममा सरकारी जग्गा दर्ता गर्न सहयोग गर्ने रौतहट जिल्ला बन कार्यालयका एक अधिकृतसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुई जनासहित ३६ जनामाथि अनुसन्धान भइरहेको बन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला बन कार्यालय गुल्मीमा कार्यरत सहायक बन अधिकृत रामकेबल यादव र तत्कालिन रङ्गपुर गाविसका पूर्व अध्यक्ष हरिनारायण बन्ठा पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला बन कार्यालय रौतहटले जिल्ला अदालत गौरबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।
रौतहटको तत्कालिन रङ्गपुर गाबिस–५ मा रहेको राष्ट्रिय बनको १ सय २२ बिगाहा जमीन सर्लाही, ओखलढुङ्गा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोकसहित जिल्लामा बसोबास गर्ने २३ जनाको नाममा दर्ता गर्न सहयोग गरेको अभियोगमा अनुसन्धान थालेको हो ।
बन कार्यालय रौतहटका तत्कालिन अधिकृत रामकेबल यादबसहितको मिलोमतोमा नापी कार्यालयले ०७२ जेष्ठ ६ गते पूर्जा बितरण गरी फिल्ड बुक र नक्सा कायम गरेको पाइएपछि जिल्ला बन कार्यालय रौतहटले सो जमीनको दर्ता खारेज गर्दै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.