Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सिरियामा रसायनिक आक्रमणः ५८ जनाको मृत्यु

Loading

सिरीया,२३ चैत । सिरियामा भएको रसायनिक आक्रमणमा राष्ट्रपति बसर अल–असर सरकारको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको छ । ५८ जनाको ज्यान जाने गरी उत्तर पश्चिमी इडलिब प्रान्तमा भएको रसायनिक आक्रमणमा असद सरकारको संलग्नता रहेकोमा कुनै शंका नरहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इडलिबको खान शेखहोनमा भएको आक्रमणमा धेरैको सास फेर्न समस्या भएका कारण ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

सिरियाको सरकारी वा रुसी विमानबाट रसायनिक आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सको दावी छ । रसायनिक आक्रमणमा परि घाइते भएकाको उपचार भइरहेका बेला लडाकु विमानले रकेट आक्रमण गरेका थिए । सिरियाली सेनाले आफूहरुले कुनै पनि किसिमको रसायनिक हतियार प्रयोग नगरेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed