500 total views,  2 views today

२०७७ माघ २ काठमाडौं । प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा दिन सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नागरिकका निम्ति सरकारी सेवा चौविसै घण्टा र विदाका दिनमा समेत प्राप्त गर्न सकोस् र नागरिकको सेवा सुदृढ एवं व्यवस्थित गर्न सकोस् भन्नेमा सरकार गम्भिर पनि उहाँले बताउनुभयो । सरकारले जनतालाई सार्वजनिक सेवा प्रदान गर्दा डिजिटलाइज समाजको सिर्जना गर्ने उद्देश्यले सरकारले डिजिटल नेपाल कार्यक्रम शुरु गरेको र त्यसैको एक महत्वपूर्ण कार्यक्रम नागरिक एप्स मार्फत सार्वजनिक सेवा प्रदान गर्न लागिएको हो । शुसासन, समृद्ध र विकासको नाराका साथ डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमअन्तरगत यसले कार्यक्रम गर्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार