![]()
२०७७ पुस २७ काठमाडौँ । सरकारले चलचित्र घर (फिल्म हल) खोल्नका लागि अनुमति दिने निर्णय गरेको छ। कोभिड १९ को संक्रमण फैलिएसंगै गत बर्षको चैतबाट बन्द गराइएका हल दस महिनापछि खोल्ने निर्णय गरिएको हो । कोरोना महामारीका कारण फिल्म क्षेत्र लामो समयदेखि अस्तव्यस्त रहेको छ । नयाँ चलचित्र बन्न सकेका छैनन् भने बनेका चलचित्र पनि प्रदर्शन हुन सकेका छैनन् । । चलचित्र घरहरू पूर्णरूपमा बन्द हुँदा हल संचालकहरू पनि ठूलो घाटामा छन् लकडाउन र प्रतिबन्धका कारण फिल्म क्षेत्रको हरेक टोली ठूलो आर्थिक मारमा पर्योे। लकडाउन खुकुलो भएसँगै निर्माण टोली केही सक्रिय देखिए। तर अन्य क्षेत्रमा सबै प्रतिबन्ध हटिसक्दा समेत फिल्म हल खुलेका थिएनन्।।


